News स्वास्थ्य देश

प्रदेश २ मा कोरोना विरुद्धको खोप ३४ हजार मात्रा, १४ गतेदेखि लगाइने

प्रदेश २ मा कोरोना विरुद्धको खोप ३४ हजार मात्रा, १४ गतेदेखि लगाइने

 
जनकपुर– प्रदेश २ सरकारले माघ १४ गतेदेखि एकै पटक कोरोना विरुद्धको खोप लगाउन सुरु गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा आज सम्पन्न प्रादेशिक कोरोना संकट व्यवस्थापन समितिको बैठकले प्रदेशका आठ वटै जिल्लामा माघ १४ गते खोप सुरु गर्ने निर्णय गरेको हो । जिल्लाको सदरमुकाम स्थित अस्पतालबाट कोरोना विरुद्धको खोप लगाईने छ ।

खोप अभियानको शुभारम्भ मुख्यमन्त्री लालबाबु राउतले विरगंज स्थित नारायणी अस्पताल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रादेशिक अस्पताल जनकपुर र सामाजिक विकास मन्त्री नवलकिशोर साहले गजेन्द्र नारायण सिंह अस्पताल राजविराजबाट गर्ने स्वास्थ्य निर्देशक विजय झाले वताए ।

प्रदेश नं. २ मा खोप अभियान संचालनका लागि ३४ हजार भाइल प्राप्त भएको र सो भाइलहरु माघ १३ गतेसम्म सबै जिल्ला स्थित स्टोरमा पु¥याइने निर्देशक झाले बताए । पहिलो चरणमा कोरोना महामारी विरुद्ध अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मी र सफाइकर्मीलाई खोप दिने योजना छ ।
 

विशेष