बृहत नागरिक आन्दोलनको मार्चपासमा पानीको फोहोरा र प्रहरीको लाठी
बृहत नागरिक आन्दोलनको बालुवाटार मार्चपासमा प्रहरीले हस्तक्षेप गर्दै पानीको फोहोरा र लाठी प्रहार गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको विरोधमा बृहत नागरिक आन्दोलनले बालुवाटारमा मार्चपास गरेको थियो।
कमलपोखरीको माटो लगाएर सुरु भएको ¥याली हात्तीसार, नागपोखरी, नक्साल हुँदै भाटभटेनीबाट बालुवाटारतर्फ बढ्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको हो ।
उनीहरूले नाराबाजी गरेको र निषेधित क्षेत्रमा प्रदर्शन गरेकाले पानीको फोहोराले हानिएको प्रहरीले जनाएको छ।
कार्यक्रममा कवि, लेखक, कलाकार, संगीतकर्मी, बौद्धिक, पेशाकर्मी एवं नागरिक अभियन्ताको सहभागिता थियो।