News राजनीति

नागरिक समाजका अगुवा पहाडी पक्राउ

नागरिक समाजका अगुवा पहाडी पक्राउ

नागरिक समाजका अगुवा कृष्ण पहाडी पक्राउ परेका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनका क्रममा उनलाई प्रहरीले समातेको हो।

पहाडीसहित शान्ति समाजका अध्यक्ष उत्तम पुडासैनी र दुई दर्जन बढी नागरिक समाजका अगुवाहरु पक्राउ परेको बताइएको छ । उनीहरुलाई अहिले नेपाल पुलिस क्लब भृकुटीमन्डप पुर्याइएको छ ।

प्रतिनिधिसभा भंग गर्ने प्रधानमन्त्री केपी ओलीको कदमका विरुद्ध आन्दोलन गर्दै आएको मानव अधिकार तथा शान्ति समाजले सरकारले अदालतलाई प्रभाव पार्न खोजेको, राज्य संयन्त्रको दुरुपयोग गरेको, प्रधानमन्त्री र मन्त्रीहरुले आपत्तिजनक अभिव्यक्ति दिएको र मुलुकमा किर्तेतन्त्र चलाएको भन्दै विरोध प्रदर्शन गरेको हो ।

विरोध प्रदर्शनका क्रममा ‘ओली सरकार,किर्तेतन्त्र बन्द गर!’, ‘ओली सरकार, राज्य सँयन्त्रको दुरुपयोग नगर” जस्ता नारा लगाइएको थियो ।
–जनआस्था
 

विशेष