सवारी साधन र यात्रुको जानकारी दिन जनकपुरमा आयो ‘मोवाईल एप्लिकेसन’
जनकपुर- जनकपुरस्थित श्रीवद्र्धन ग्रुप अफ कम्पनीले यस क्षेत्रको सवारी आवागमनलाई सहज वनाउन मोवाईल एप्लिकेसन प्रयोगमा ल्याएको छ ।
धार्मिक एवम् सांस्कृतिक रुपमा परिचित जनकपुरमा आउने पर्यटकहरुलाई सवारी सधानको समस्या नहोस भन्ने उदेश्यले उप्लिकेसन प्रयोगमा ल्याईएको हो । सार्वजनिक सवारी साधन सहज रुपमा नपाईने, यात्रुहरु ठगिनेलगायतका समस्या देखिएपछि केही युवाहरुले सकृयतामा यो एप विकास गरिएको हो ।
आफू वसेकै स्थानवाट यात्रुले सवारी तथा सवारी साधनका चालकले यात्रुको वारेमा जानकारी पाउन सकिने गरी एपको विकास गरिएको छ । सवारी पाउनका लागि ‘श्रीवाहन’ र यात्रु पाउनका लागि ‘राइडर एप’ को विकास गरिएको श्रीवद्र्धनका राकेश कुमार झाले जानकारी दिए ।
झाका अनुसार यी दूबै एप प्ले स्टोरमा गएर सहजै डाउनलोड गर्न सकिन्छ । यो एप विकास गर्ने लक्ष्य सन २०१६ मै सुरु गरिएपनि गुगल म्यापिङ्गको समस्याले केहि ढिलो भएको हो ।
यो एपको सुविधा लिनका लागि सार्वजनिक सवारी साधन चलाउने चालकहरुले रजिष्ट्रेशन गराउनुका साथै यो एप डाउनलोड गर्नु पर्ने हुन्छ। डाउनलोड गरिएको एप मोबाइलको डाटा अन भए मात्रै काम गर्ने उनले बताए ।
कम्पनीमा रजिष्ट्रेशन गराएका चालकहरुलो कमाईको १५ प्रतिशत कम्पनीलाई बुझाउनु पर्नेछ ।
कम्पनीले आफुले पाएको १५ प्रतिशत मध्ये १० प्रतिशत रकम ‘वेटी पढाउ, वेटि वचाउ’ कार्यक्रममा तथा वाँकी रकम स्वास्थ्य सेवा सम्बन्धि कार्यक्रम संचालन गरिने छ ।
झाका अनुसार अनुसार यो एपको सुविधा माघ १५ गतेदेखि लिन सकिनेछ ।