News समाज प्रदेश १

मुख्यमन्त्री राईलाई बालिका खड्काको धम्की : कान समातेर फनफनी घुमाउँछु !

मुख्यमन्त्री राईलाई बालिका खड्काको धम्की : कान समातेर फनफनी घुमाउँछु !

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ४९ वर्षको उमेरमा २३ वर्षीया मोडल जाङ्मु शेर्पासँग विवाह गरे । प्रेम सम्वन्धमा रहेका दुवैले सोमवार काठमाण्डौंमा आफ्नो समुदायको परम्परागत पोशाकमा सजिएर विवाह सम्पन्न गरेका छन्। 

विवाहका लागि वधाई र शुभकामना दिने सवैलाई मुख्यमन्त्री राईले सामाजिक सञ्जाल मार्फत धन्यवाद दिएका छन् भने खुसी साट्न माघ १६ गते विराटनरमा शुभकामना कार्यक्रमको आयोजना नै गरिएको छ । ‘हाम्रो शुभ विवाह सम्पन्न भएको अवसरमा यही २०७७ माघ १६ गते, शुक्रबार बिराटनगरमा हाम्रो तर्फबाट आयोजना गरिएको बधाई तथा शुभकामना र आर्शीबाद प्रदान तथा ग्रहण कार्यक्रममा यहाँहरु सबैमा हार्दिक निमण्त्रणा गर्दछौं !’– उनले लेखेका छन्।

हुन त विवाहले मुख्यमन्त्री राईलाई खुसी मात्र दिएको छैन, तनाव पनि थपेको छ। धेरै अघिदेखि उनको नामसँग जोडिदै आएको विवादित  नामले उनलाई समस्यामा  पारेको छ । राईले सामाजिक सञ्चालमा पोष्ट गरेको सोहि निम्तोमा यसअघि देखि नै राई विरुद्ध यौन हिंसाको आरोप लगाउँदै विवादीत महिला वालिका खड्काले कमेण्ट गरेर राईलाई गालि गलौज गरेकी छिन् । उनले लेखेकी छिन्–‘य गु भोटे मेरो जिन्दगीको जिम्मेवारी लिन आईज। ते.. कान समातेर फनफनी घुमाउछु।’

यति मात्र होईन, अन्य कतिपयले पनि वालिकाको कुरा उठाएर कमेण्ट गरेका छन् । शकुन आँसु लेख्छन्–‘कसरी हुन्छ, त्यो बालिकाको मुख बन्द गरिदिनुहोस् मुख्यमन्त्री ज्यू, के के बोल्छे बोल्छे । मिडियामा आएसि सुन्नुपरिगो, राम्रो लाग्दैन र तपाईको बैबाहिक र ब्यक्तिगत जीवनमा पनि यस्ले नराम्रो पक्कै गरिरहेको छ, हुन्छ । अन्ततः बैबाहिक जीवनको लागि भारीका भारी शुभकामना तपाई दुबैजनालाई ।’

वालिका खड्काले धेरै अघिदेखी मुख्यमन्त्री राई विरुद्ध आवाज उठाउँदै आएकी छिन् । गत असोज ४ गते उनी राई विरुद्ध कुरा राख्ने भन्दै नेकपाको पेरिसडाँडा स्थित सचिवालय बैठकमै छिर्न खोजेकी थिईन ।

राईसँग अंश दाबी गर्दै खड्काले जिल्ला अदालत काठमाडौमा मुद्दा दर्ता गरेकी थिइन् । दोलखाको कालिन्चोक गाउँपालिका ४ की ३२ वर्षीय खड्काले उनले गतसाता उक्त मुुद्दा फिर्ता लिएकी थिइन् । 

विशेष