News राजनीति

वामदेवद्वारा पार्टी एकता राष्ट्रिय अभियान घोषणा, ओली र प्रचण्डलाई मिल्न आग्रह [पुर्णपाठ]

वामदेवद्वारा पार्टी एकता राष्ट्रिय अभियान घोषणा, ओली र प्रचण्डलाई मिल्न आग्रह [पुर्णपाठ]

संसद विघटनपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजन भएको बेला उपाध्यक्ष वामदेव गौतमले औपचारिक रुपमै पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका छन्।

पार्टी एकता राष्ट्रिय अभियान घोषणाका लागि बुधबार ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा एक कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रमको अध्यक्षता गौतमले नै गरेका छन्। घोषणा सभामा गौतमले राजनीतिमा कोही पनि स्थायी शत्रु नहुने भन्दै केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवै पक्षलाई मिलेर जानुपर्ने धारणा व्यक्त गरे।

नेकपा केन्द्रीय सदस्य हरि पराजुली, राष्ट्रिय एकता अभियानका अभियन्ता माया ज्ञवाली रमेश महर्जन लगायतको उपस्थिति रहेको कार्यक्रममा केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैलाई निम्तो पठाईएको थियो । तर, उनीहरु दुवै जना कार्यक्रममा उपस्थित भएनन् ।

पार्टी एकता राष्ट्रिय अभियान घोषणाको अवधारणा पत्र
 

विशेष