छविस पाथिभेरा हत्या प्रकरणमा वडाध्यक्षसहित चार जना पक्राउ
वझाङको छविस पाथिभेरा गाउँपालिकाका अमृत सिंहको हत्या आरोपमा वडाध्यक्षसहित चार जना पक्राउ परेका छन् ।
गत मंगलबार साँझ छविस पाथिभेरा–३ स्थित बान्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा विवादपछि खुँडा प्रहार गर्दा २७ वर्षीय सिंहको हत्या गरिएको थियो।
सोही दिन छविस पाथिभेरा–२ का ३२ का ज्ञानबहादुर कडायतलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको थियो। घटनामा संलग्न रही फरार रहेका छबिस पाथीभेरा–२ का वडाध्यक्ष विकास अयडी, करिब २८ वर्षीय प्रकाश ऐडी र ३० वर्षीय केदार ऐयडीलाई थलारा गाउँपालिकाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ।
हत्याका क्रममा वडाध्यक्ष अयडी चढ्ने से१प ७६१ नम्बरको सरकारी मोटरसाइकल प्रयोग भएको प्रहरीले बताएको छ । प्रहरीले मंगलबार राति सदरमुकाम चैनपुरको एक होटलबाट उनलाई मोटरसाइकलसहित पक्राउ गरेको थियो । कठायतलाई स्थानीयले मंगलबार नै घटनास्थलबाट नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए ।
अर्का दुई आरोपी प्रकाश र केदारलाई थलारा गाउँपालिका–३, को जाम्बाँझ गाउँबाट बुधबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैबीच हत्यारालाई कारबाहीको माग गर्दै सदरमुकाम चैनपुरमा प्रदर्शन गरिएको छ । प्रदर्शनकारीले नाराजुलुस गर्दै सदरमुकामभित्र चल्ने यातायातसमेत बन्द गराएका छन् ।