News पर्यटन समाज प्रदेश २

तराई मधेशमा झण्डोत्सव र कुस्तीको रौनक

वीरेन्द्र रमण 

तराई मधेशमा झण्डोत्सव र कुस्तीको रौनक

जनकपुर– तराई मधेसका गाउमा अहिले झण्डा मेलाको रौनकता देखिन थालेको छ  प्राय सवै गाउँमा अहिले झण्डा महोत्सवको आयोजना गरिएको छ । तराई मधेसमा यो निजी र सामुहिक स्तरमा आयोजना गरिने संस्कृतिक उत्सव हो ।

हनुमानको झण्डा निर्माण गरेर वैदिक विधि अनुसार पुजा आराधना गरेर सर्वसधारणहरुको लागि खुल्ला गरिने गरिएको छ । विशेष रुपमा गाउँमा यो दिनदेखि मेलाको आयोजना हुन्छ। मेलामा आयोजना हुने नाच–तमासाको कारणले गाउँमा मेलमिलाप र सदभावको वातावरण वन्ने गरेको छ । यसका साथै अर्थतन्त्रलाई चलायमान वनाउन पनि यस्ता मेलाले सहयोग गरेको पाईन्छ।

भ्mण्डा निकै ठुलो र कलात्मक ढंगबाट निर्माण गरिन्छ । एक÷दुई वटा वाँसमा विभिन्न आकृतिका डोरीले बाँधेर विभिन्न रंगका चमकिला कागज टाँसेर झण्डालाई अकर्षक वनाईन्छ। 

यस्तै मेलामा आयोजना हुने पहलवानी (सुस्ति), नौटंकी नाच, झरी खेल लगायतले मेलालाई जिवन्त वनाएको हुन्छ। विशेष गरेर यहाँ भगवान महाविर(हनुमान)को आधाराधना गरिन्छ । खास गरी प्राचीन मिथिला क्षेत्रमा अहिले जताततै महावीर झण्डोत्सवको रौनक छाएको छ ।

भक्ति, साहस र अतुलनीय पराक्रमका लागि सम्झिने त्रेताकालीन रामभक्त हनुमानलाई मिथिलामा विघ्ननाशक, सङ्कटमोचक, महावीर र पवनदुतसहितका नामले स्मरण गरिन्छ । महावीरका नाउँमा झण्डोत्सव आयोजना गरिँदा नगर÷गाउँ बस्तीमा कुनै विपत्ति नआउने, सुख शान्ति छाउने र दुष्टको प्रवेश नहुने विश्वासले मिथिलामा यो महोत्सवको प्रचलन चलेको हो ।

मैथिली संस्कृतिका जानकार संचारकर्मी नित्यानन्द मण्डलले विशेष गरेर मेला उत्सवमा आयोजना हुने विविध कृयाकलापले ग्रामीण अर्थतन्त्रलाई समेत बलियो वनाएको वताउँछन् । 

यसबाहेक सीमावर्ती भारतीय जिल्लामा पनि महोत्सवको रौनक छ। रङ्गिचङ्गी पतकाजडित विशाल झण्डा महोत्सवको मुख्य आकर्षण हुने गर्छ। उत्तरायण माघे सङ्क्रान्तिदेखि असार मसान्तसम्मको अवधि) को शुक्लपक्ष महोत्सवका लागि उपयुक्त मानिन्छ । चैतपछि हावाहुरीको प्रकोप बढ्ने हुँदा माघ÷फागुनमै बढीजसो महोत्सव आयोजना हुने गरेको जानकारहरु बताउछन ।

महोत्सव आपसी भेटघाट र रमाइलो गर्न उपयुक्त अवसर मानिन्छ। महिनौँ लगाएर बनाइने आकर्षक पताकाजडित झण्डा ५० फिट अग्लासम्म बनाइन्छन्। भजनकीर्तन, खेल मनोरञ्जन र नाटक महोत्सवसहितका कार्यक्रम आयोजना गरिने स्थानिय खजुरीका स्थानियवासी अवधेस कामतको कथन रहेको छ ।

शुक्ल पक्षको ठीक मुहूर्तमा उदघाटन गरिने महोत्सव धेरै ठाउँमा महिनाभरी लाग्ने गरेको छ । शिवेष गरेर मेलामा प्रयः मधेसमा लोप हुन लागेको पहलवानी, झरी नाचको समेत आयोजना गरिएको हुन्छ । 
 

विशेष