News

काठमाडौंस्थित दूतावासमा मनाईयो भारतको ७२ औं गणतन्त्र दिवस

काठमाडौंस्थित दूतावासमा मनाईयो भारतको ७२ औं गणतन्त्र दिवस

काठमाडौंस्थित भारतीय राजदूतावासले ०२१ जनवरी २६ तारिखका दिन भारतको ७२ औं गणतन्त्र दिवस मनाएको छ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले झण्डोत्तोलन गरी भारतको राष्ट्रिय झण्डा फहराए भने भारती राष्ट्रपतिको सन्देश पढेर सुनाए।

गणतन्त्र दिवसका अवसरमा राजदूतद्वारा वीर नारी, मृतक सैनिकका श्रीमती र मृतक सैनिकका निकटतम नातेदारलाई  ३ दशमलव ६८ करोड नगद तथा कम्मल वितरण गरे। राजदूतावासले नेपालका ५० पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई पुस्तक उपहार दिएको छ ।

यसैगरी, सोहि दिन नेपालका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीको प्रमुख आतिथ्यतामा इंडिया हाउसमा स्वागत समारोहको आयोजना गरिएको थियो । समारोहमा भारतमा अध्ययन गरेका नेपालका शीर्ष नेता, अधिकारी, पत्रकार तथा चर्चित व्यक्तित्वहरुको उपस्थिति थियो ।

भारत र नेपालबीचको जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन उनीहरुको पुर्याएको योगदानलाई कदर गर्दै उनीहरुलाई सम्मान गरियो । भारतीय राजदूतावासद्वारा आयोजित फोटो प्रतियोगिताका तीन उत्कृष्ट प्रतियोगीलाई चेक तथा प्रमाणपत्र प्रदान गरिएको थियो । 
 

विशेष