प्रचण्डलाई वत्ति निभाएर र वाकस साटेर चुनाव जिताईएको थियो: प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले ०७४ को निर्वाचनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आफुहरुले जिताएको दावी गरेका छन् ।
आफ्नो निकट जिफन्टले विहिवार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने–‘०७४ मा हामीले चुनाव जिताएका थियौँ, चितवनबाट । त्योभन्दा अगाडि बत्ती निभाएर बाकस साटेर चुनाव जिताइएको थियो।’
अवका दिनमा चुनाव जितेर देखाउन पनि उनले दाहाललाई चुनौति थिए । ‘हेर दशा लागेको, अब उहाँहरूले चुनाव जित्नुहुन्छ ?– उनले भने। प्रचण्डले निर्वाचन जित्न अव कठिन रहेको बताए ।
उनले प्रचण्डको एक ठाउँवाट अर्को ठाउँ सर्दै जाने प्रवृत्ति रहेको पनि वताए । उनले भने– ‘कहिले रोल्पाबाट, कहिले कताबाट, कहिले चितवनबाट चुनाव लड्नहुन्छ ! अब कताबाट हो ?’
उनले प्रचण्ड र उनको परिवारलाई समाजवाद आईसकेको पनि वताए । अव विभिन्न कारणले पीडित भएका र दुःख पाएका जनताका लागि समाजवादको उपलब्धि पुर्याउनु पर्ने उनले वताए ।