समयको पछि–पछि लतारिने व्यक्तिलाई नेतृत्वमा ल्याउँदा समस्या निम्तियोः माधव नेपाल
नेकपा दाहाल–नेपाल समुहका अध्यक्ष माधवकुमार नेपालले आफ्नै बलबुताले नभई समयको पछि–पछि लतारिने व्यक्तिलाई नेतृत्वमा ल्याएकै कारण अहिले समस्या निम्तिएको वताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा आफु निकट समूहले बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेश स्तरीय विरोध प्रदर्शनमा वोल्दै नेपालले यस्तो वताएका हुन् ।
ओलीमा राम्रा कुरा सुन्न सक्ने संस्कार नभएको नेपालको आरोप छ। ओलीलाई समयको गति बुझ्न नसक्ने व्यक्तिको रुपमा समेत नेपालले अथ्र्याएका छन् ।
यसैगरी, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री ओलीले संविधान र लोकतन्त्रको हत्या गरको आरोप लगाए । उनले जनताका सपनामाथि कुठराघात गरेको दाहालको आरोप छ ।
ओलीले पार्टी एकताको मर्मविपरीत तीन वर्ष नवित्दै एकताको सहमति तोड्ने काम गरेको र उनी निरंकुश भएको दाहालले वताए ।