सर्वसाधारणलाई ठक्कर दिएर भाग्यो मन्त्रीको गाडि
शहरी विकासमन्त्री प्रभु साह सवार गाडीले सर्लाहीमा एक युवकलाई ठक्कर दिएर फरार भएको छ ।
मन्त्री साह सवार ना १ झ ३८४२ गाडीले पूर्व–पश्चिम राजमार्गको हरिवनमा लालबन्दी नगरपालिका–८ का ३५ बर्षीय बच्चु तामाङलाई ठक्कर दिएको थियो ।
गाडिको ठक्करवाट उनको कम्मर र खुट्टामा चोट लागेको सर्लाहीका प्रहरी प्रबक्ता मदन कुँवरले जानकारी दिए । उनलाई स्थानीय स्वाभिमान अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।
तामाङलाई मन्त्री साहको गाडीले ठक्कर दिएको ठक्कर दिएको प्रहरीको भनाई छ ।