धनुषामा डिस्ष्ट्रिलरीका सञ्चालकको शंकास्पद मृत्यु, हत्या भएको परिवारको दावी
जनकपुर– धनुषामा एक जना व्यापारीको शंकास्पद मृत्यु भएको छ । परिवारले उनको हत्या भएको दावि गरेका छन ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–७ दुर्गाटोलस्थित क्षिरेश्वर डिस्ट्रिलरीका सञ्चालक ५१ वर्षीय प्रमोद रेग्मीको शंकास्पद मृत्यु भएको हो । उदयपुरको त्रियुगा नगरपालिका–७ चुवाडे घर भएका रेग्मी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घटना शंकास्पद देखिएको पनि प्रहरीको भनाई छ ।
विहिवार विहान निधारमा गहिरो चोट लागेको अवस्थामा उद्योग परिसरमै रेग्मीको शव फेला परेको प्रहरीले जनाएको छ । परिवारको आग्रहबमोजिम रेग्मीको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएछ। निधारको चोटका आधारमा उनको हत्या भएको आशंका गर्ने प्रसस्त ठाउँ रहेको प्रहरीको भनाई छ ।
घटनाको अनुसन्धानका लागि डिस्ट्रिलरीमा कार्यरत चार जना कर्मचारीलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक रायले बताए। रेग्मीको टाउकामा ७ इन्च लामो २ इन्च गहिरो घाउ रहेका घटना निकै संकास्पद रहेको रायले वताए ।
प्रारम्भीक अनुसन्धानमा राति उद्योग परिसरमा नै साथीहरुसंग मदिरा सेवन गरेको पाईएको प्रहरीको भनाई छ ।
मृतक रेग्मीसहित चारजना मिलेर महेन्द्रनगरमा डिष्ट्रिलरी सञ्चालन गरेका छन् । उनी डिष्टिलरीका निर्देशक बनेर काम गर्दै आएका थिए ।