News राजनीति

बुटवलमा नेकपा दाहाल–नेपाल समूहको शक्ति प्रदर्शनसहित विरोध सभा

बुटवलमा नेकपा दाहाल–नेपाल समूहको शक्ति प्रदर्शनसहित विरोध सभा

नेकपा दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध विहिवार बुटवलमा शक्ति प्रदर्शनसहित विरोध सभा गरेको छ । सभामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालको पनि उपस्थिति छ ।

नेकपा संघर्ष समिति लुम्बिनी प्रदेश कमिटीको आयोजनामा भएको सभामा बुटवलका विभिन्न चोकहरुबाट जुलुससहित लुम्बिनी प्रादेशिक अस्पतालको उत्तर तर्फको जग्गामा सभा जारी छ । 

सभामा नेकपाका स्थायी कमिटी सदस्य वर्षमान पुन, चक्रपाणी खनाल, नेकपा लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्ती लगायतले सम्बोधन गर्दै प्रतिगमन सच्चिनु पर्ने बताए । उनीहरुले प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प नरहेको र नहुँदासम्म आन्दोलन जारी राख्नुपर्ने बताए । 

फोटोः माधवकुमार नेपालको ट्वीटरवाट

विशेष