केपी ओली पैसा खर्च गरेर केन्द्रिय सदस्य चोर्न खोज्दैछन्ः खनाल
नेकपा (दाहाल–नेपाल समुह) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली पैसा खर्च गरेर केन्द्रिय सदस्य तान्न खोजेको आरोप लगाएका छन् ।
वहुमत सदस्य आफुहरुसँग भएकाले ४० प्रतिशत पुर्याउन ओलीले पैसा खर्च गर्न थालेको उनको भनाई छ । ‘बहुमत हामीसित छ । पैसा दिएर केही मानिस लैजान खोज्दै छन् । तर, सम्भव छैन’ उनले भने–‘दल ऐनले पार्टी फोर्न दिँदैन, ४० प्रतिशत नपु¥याई ओलीले पार्टी विभाजन गर्न सक्तैनन्।’
शुक्रबार विराटनगरमा नेकपाको विरोधसभालाई सम्बोधन गर्दै उनले स्वार्थीहरु ओलीसँग जाने र बालुवाटारको गुट भेलामा बस्ने गरेको आरोप पनि उनले लगाए । एमाले र माओवादी पार्टी अव इतिहास भइसकेको उनले बताए ।
प्रधानमन्त्री ओलीलाई ठग भन्दै उनले आधुनिक समयको सकुनीको संज्ञा पनि दिए ।
देशबाट शोषण, दमन सकिन्छ भन्ने आश रहेकोमा ७० वर्षपछि बनेको कम्प्युनिस्टको सरकार ओलीले नष्ट गरेको उनले वताए ।