News राजनीति

ओली र उनका धुपौरियाका भन्दा आफै चिन्ता गर्नु पर्ने वेला आयोः गगन थापा

ओली र उनका धुपौरियाका भन्दा आफै चिन्ता गर्नु पर्ने वेला आयोः गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले केपी ओली र उनका धुपौरियाका बारेमा भन्दा पनि आफै चिन्ता गर्नु पर्ने वेला आएको वताएका छन् । शुक्रबार काठमाडौंको रत्नपार्कमा आयोजित विरोध सभामा वोल्दै नेता थापाले अवसरवादी कांग्रेसीका कारण आफु माथि नै प्रश्न उठन सक्ने अवस्था आएको वताए ।

प्रतिनिधि सभा विघटनको विरोधमा आवाज नउठाए इतिहासले सराप्ने वताएका उनले तर, पार्टीका केही नेताका कारण सिंगो नेपाली कांग्रेसमाथि नै प्रश्न उठिरहेको तर्क गरे । केही अवसरवादी कांग्रेसका कारण संसद् विघटनविरुद्ध ठोस रुपमा उभिन नसकिएको उनले स्विकारे। ‘केही लड्डु कांग्रेसहरु मैदानमा आउनुभएको छ। यो हातमा पनि लड्डु त्यो हातमा पनि लड्डु। लड्डु कांग्रेसको कारणले गर्दा आज कांग्रेसमाथि प्रश्न उठेको छ,’–उनले भने।  

‘इतिहासले हामीलाई पनि प्रश्न गर्नेछ, त्यो बेलामा नेपाली कांग्रेस के गरिरहेको थियो भनेर प्रश्न गर्नेछ’ थापाले भने–‘त्यो बेलामा नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक हो भनेर उभिएर बसेको थियो भनेर भनेर भन्न पाउँनेछ। तर, भन्न पाउने हक र अधिकारलाई हाम्रै केही साथीहरुले अलमल्याई दिनु भएको छ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम नेपाली जनताको अधिकार खोस्ने शासकहरुको पंक्तिमा लेखिने समेत ठोकुवा गरे। 
 

विशेष