News राजनीति

ओलीलाई प्रचण्डको चेतावनीः जरुरी पर्यो भने संसदको वैठक वस्छौं र यस्ता अपराधिलाई कारवाही गर्छौ

ओलीलाई प्रचण्डको चेतावनीः जरुरी पर्यो भने संसदको वैठक वस्छौं र यस्ता अपराधिलाई कारवाही गर्छौ


नेकपा (प्रचण्ड–माधव पक्ष) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवश्यक परे संसद बैठक बसेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

शुक्रवार विराटनगरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले सभामुखले बैठकको आव्हान गर्ने र सांसदहरू उपस्थित भएर कारबाही गर्नेसम्मको अधिकार आफूहरूलाई संविधानले दिएको जिकिर गरे ।

‘जरुरी पर्यो भने म आज विराटनगरवाट भन्दैछु, देशैले सुने हुन्छ। जरुरी पर्यो भने संसदको वैठक वस्छौं र यस्ता अपराधिलाई कारवाही गर्छौ । हामीलाई संसदको प्रतिनिधि, संविधानले हामीलाई  संसदको वैठक वस्ने अधिकार दिएको छ’ उनले भने–‘केपी ओलीलाई विघटन गर्ने अधिकार दिएको छैन ।’

‘त्यसकारण संविधानको अधिकार प्रयोग गरेर केपी ओलीले गरेको असंवैधानीक र अलोकतान्त्रीक कदम सच्याउनका लागि सभामुखले सदनको वैठकको आयोजना गर्ने, हामी उपस्थित हुने र केपीलाई कारवाही गर्नेसम्म जान सकिन्छ।’ उनले थपे–‘तर, म फेरी के भन्छु त..., सर्वोच्चले सहि फैसला गर्छ भन्ने विश्वास छ। सर्वोच्चले सहि फैसला नै गर्छ भन्ने विश्वास भएको हुनाले अहिले नै वसिएको छैन।’

जरुरी पर्यो भने त्यो विकल्प त्यो नेपाली जनतासँग रहेको उनले जिकिर गरे । ‘तपाईहरुले ५ वर्षका लागि चुनाव जिताएर पठाएका, हाम्रो संविधानले ५ वर्षको लागि उनीहरुलाई सार्वभौम अधिकार प्रयोग गर्न जिम्मेवारी दिएका मान्छेहरु हामी ज्यूँदै छौ’ दाहालले भने–‘हामी मरेका छैनौं। हामी मरेका छैनौं, कसैले नक्कली ढंगले, पुरै स्वेच्छाचारी तरिकाले, निरंकुश तरिकाले मारें भन्दैमा हामी मर्नेवाला छैनौं। यहि सच्चाई हो ।’

प्रधानमन्त्रीले प्रतिनिधिसभा नभइ संविधान नै विघटन गरेको दाहालको तर्क छ । ओली खुरापाती भएको र कम्युनिष्ट पार्टीमा पसेर प्रतिक्रान्तिको चंगुलमा फसेको उनले आरोप लगाए । 

विशेष