भारतको काश्मीर रणनीति मौलिक, प्रभावकारी र दिगो हुनुपर्दछ : विज्ञ
कोलकाता । भारतको प्रमुख उद्देश्य आतंककारीहरूलाई निर्मुल गर्ने र पाकिस्तानबाट सीमापार घुसपैठ रोक्ने हो भने प्रभावकारी रणनीति बनाउन आवश्यक छ ।
एक विज्ञले भने, "तर यदि हाम्रो उद्देश्य काश्मिरी जनसंख्या र उनीहरूको बाँकी भारतसँग शान्तिपूर्ण मनोवैज्ञानिक एकीकरण हो भने भारतको रणनीति मौलिक, प्रभावकारी र दिगो हुनुपर्दछ ।"
भारतको विश्वव्यापी थिंक ट्याङ् फाउन्डेशनद्वारा आयोजना गरिएको भर्चुअल सेमिनारमा 'काश्मीरको सम्बन्धमा एक प्रभावकारी रणनीतिको आवश्यकता' भन्ने विषयमा छलफल गरिएको थियो । छलफलमा भारतले काश्मीरको शान्तिका लागि अन्तर्राष्ट्रिय सम्बन्ध, वित्तीय, वातावरणीय, वैज्ञानिक, रणनीतिक र रक्षा नीतिलगायतका विषयलाई ध्यानमा राखेर काम गर्नुपर्छ ।
सेमिनारमा सहभागी विज्ञहरुले विद्रोह र आतंकवादलगायतका काश्मीरका प्रमुख सुरक्षा चुनौतीहरुलाई नीतिगत दृष्टिकोणबाट हेरेर अगाडि जानुपर्ने सुझाएका छन् ।
सेमिनारमा आरएका प्रमुख एएएस दुलत, विशेष निर्देशक आईबी, लेफ्टिनेंट जनरल गुरमित सिंह, पूर्व उपप्रमुख चीफ अफ स्टाफ एण्ड कोर कमाण्डर, श्रीनगर, लेफ्टिनेंट जनरल सय्यद अता हस्नाईन, काश्मीरका केन्द्रीय विश्वविद्यालयका प्राध्यापक अमिताभ मट्टू, पूर्व मन्त्रिपरिषद सल्लाहकार तहमिना रिजवी, नीति अनुसन्धानकर्ता तथा जम्मू कश्मीर नीति इन्स्टिच्यूटका सीईओ सोहम दास, टिलोटो फाउन्डेशनका निर्देशक जितेन्द्र के ओझा, भू राजनीतिक विश्लेषक र भारत सरकारका पूर्व संयुक्त सचिवलगायय सहभागी थिए ।
लामो समयदेखि काश्मीरमा अशान्ति मच्चिएको भन्दै भारत सरकारले सन् २०१९ को अगस्तमा धारा ३७० खारेज गरेको थियो । धारा ३७० खारेजपछि भ्रम, अराजकता र अनिश्चितता हटाउन र नयाँ रणनीति तय गर्ने विषयमा विज्ञहरुसँग छलफल गरिएको हो ।
भारत र पाकिस्तान दुबै मुलुकले काश्मीर पूर्णरूपमा आफ्नो दाबी गरे पनि आधा-आधा भागमा शासन गरिरहेका छन् । पाकिस्तान भारत प्रशासित काश्मीरमा घुसपैठ गर्ने र अशान्ति मच्चाउने काम गरिरहेको छ ।
भारत प्रशासित काश्मिरमा विद्रोह तीन दशकदेखि जारी छ । यसले दुई राष्ट्रको महत्वपूर्ण समय र लगानीमा क्षति पुर्याएको छ ।