News

प्रधानन्यायाधीश र वरिष्ठ अधिवक्ताको इजलासमै किन भयो घम्साघम्सी ?

प्रधानन्यायाधीश र वरिष्ठ अधिवक्ताको इजलासमै किन भयो घम्साघम्सी ?

प्रतिनिधि सभा विघटनको मुद्दामा बहसको समयलाई लिएर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र वरिष्ठ अधिवक्ता रमण श्रेष्ठबीच संवैधानिक इजलासमै घम्साघम्सी परेको छ ।

श्रेष्ठले बहसका लागि पाँच घण्टाको समय मागेका थिए। प्रतिवाद गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले – कसैलाई पनि समय नतोक्ने कि वरिष्ठलाई? भनेर सोधेका थिए। जवाफमा रमणले– रिपिट भयो भने मात्र आफूलाई रोक्न अन्यथा समय दिन आग्रह गरेका थिए।

तर प्रधानन्यायाधीश जबराले ‘भन्दा अप्रिय होला भन्दै बहस नोट दिन’ सुझाए। त्यसपछि रमणले आफूले विषयवस्तु नदोहो¥याइकन बहस गर्ने उल्लेख गर्दै कुनै विषय दोहोरिएमात्र रोक्न पुनः आगह गरे।

दुईबीचको वादविवादको वद्रदै जाँदा घम्साघम्सीकै अवस्था आएको थियो । प्रधानन्यायाधीश जबराले  ‘तपाईंलाई पाँच घण्टा दिने हो भने अरूलाई के दिने?’ भनेर सोधेका थिए। तर, रमणले आफ्नो अडान छोडेनन्। त्यसपछि रमणले घुर्कीको भाषा प्रयोग गरेपछि प्रधानन्यायाधिस आक्रोशमा आएका थिए ।

प्रधानन्यायाधीश राणाले अन्य अधिवक्ताहरूलाई समेत १० देखि १५ मिनेटको समय निर्धारण गरिएको उल्लेख गर्दै पाँच घण्टा दिन नसकिने बताए। उनले एक घण्टा दिने वताए ।

रमणले ‘एक घण्टा हुँदैन।’ भने। त्यसपछि प्रधानन्यायाधीश जबराले समय निर्धारण वकिलले गर्ने हो भने आफूहरूको नियन्त्रणबाहिर जाने बताए।
यसैविच रमणको वहस जारी छ । 

विशेष