News राजनीति

विरोधीहरुलाई हर्टएट्याक आउन सक्छ, आईसियु वेड खाली राख्नु होलाः डोरमणी पौडेल

विरोधीहरुलाई हर्टएट्याक आउन सक्छ, आईसियु वेड खाली राख्नु होलाः डोरमणी पौडेल

वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले भरतपुरको जनसभा देखेर विरोधीहरुलाई हर्टएट्याक आउन सक्ने वताएका छन् ।

शनिवार चितवनको भरतपुरमा सिटिहल सिलान्यास समारोहलाई सम्वोधन गर्दै उनले यस्तो वताएका हुन । ‘यो जनसागरले विरोधीहरुको मुटु थर्किने मात्र होईन हर्ट एट्याक हुनेछ’ उनले भने–‘ आईसियुमा भर्ना हुने छन् । त्यसैले अस्पतालका डाक्टरहरुलाई आईसियु वेड खाली राख्न आग्रह गर्छु ।’

उनले नारायणी पुलमा निगरानी गर्न पनि आग्रह गरे । ‘नारायणीमा आत्महत्या गर्न सक्छन् । निगरानी गर्नुपर्छ’ उनले भने–‘आत्महत्या गर्न दिनुहुन्न।’

मतपत्र चपाएर र च्यातेर विजय हुनेहरु प्रधानमन्त्रीको कार्यक्रम वहिस्कार गरेर र विज्ञप्ति जारी गरेर वसेको पनि उनले वताए । ‘प्रधानम्त्रीलाई अपमान गर्ने हैसियत कस्ले दियो ?’– उनले प्रश्न गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सिलान्यास गर्ने भएपछि आफनै महानगरमा बन्न लागेको सिटी हल शिलान्यास समारोह मेयर रेणु दाहालले बहिष्कार गरेकी छन् । 

मेयर दाहालले भने महानगरपालिकासँग समन्वय नगरी शिलान्यास गरिएकाले आफू सहभागी नभएको बताएकी छन् । मेयरसहित प्रचण्ड माधव नेपाल पक्षले प्रधानमन्त्रीको विरोध गरेका छन् ।

मुख्यमन्त्री पौडेलले केपी शर्मा ओलीको कुशल नेतृवको पछाडि गोलवन्द हुन आग्रह पनि गरे । 
 

विशेष