News राजनीति

गृहमन्त्री भन्छन्– पार्टीमा फर्केर चुनावमा भाग लिनोस, मतपत्र नच्याती प्रधानमन्त्री वन्नोस

गृहमन्त्री भन्छन्– पार्टीमा फर्केर चुनावमा भाग लिनोस, मतपत्र नच्याती प्रधानमन्त्री वन्नोस

गृहमन्त्री रामवहादुर थापा ‘वादल’ ले प्रचण्ड–माधव समुहलाई आत्मआलोचनासहित पार्टीमा फर्किन आग्रह गर्दै मतपत्र च्यात्नु नपर्ने गरी चुनावमा भाग लिन  र प्रधानमन्त्री वन्न आग्रह गरेका छन् ।

चितवनको भरतपुर महानगरपालिकामा शनिवार आयोजित सिटिहल सिलान्यास समारोहलाई सम्वोधन गर्दै उनले यस्तो वताएका हुन । देश चुनावमा होमीएकाले सवै मिलेर यो अभियानलाई सफल वनाउनु पर्ने उनले वताए । ‘म अवसरवादीहरुलाई पनि आग्रह गर्न चाहान्छु’ प्रमण्ड माधवको नाम नलिईकन उनले भने–‘फर्केर आउनोस। मतपत्र च्यात्नु पर्दैन, जनताको मत लिएर प्रधानमन्त्री वन्नुहोस।’

‘देश निर्वाचनमा होमिएको छ । जनलहर हेर्दा हामीले निर्वाचन जितिसकेका छौ’ उनले अगाडि भने–‘अवसरवादीलाई आह्वान गर्छौ निर्वाचनमा भाग लिनोस्। यो प्रधानमन्त्री वन्ने अवसर हो । जनताको विस्वास र ताजा जनादेशवाट प्रधानमन्त्री वन्नोस। मतपत्र च्यात्नु आवश्यक छैन। आउनोस फेरी पार्टीमा फर्कनोस ।’

अवसरवादीहरुले प्रधानमन्त्रीलाई हटाउने÷अवधस्त गर्ने षडयन्त्र गरेकाले त्यसलाई विफल गर्न संसद विघटन गर्ने एतिहाँसिक र वाध्यात्मक कदम उठाउनु परेको उनले दावी गरे। ‘उनीहरु संसदको दुरुपायोग गरेर नेतृत्वलाई अपधस्त गर्न चाहान्थे। त्यसलाई असपल पार्न ऐतिहासिक र वाध्यात्मक कदम लिईएको हो ।’– उनले भने।
 

विशेष