News राजनीति

प्रचण्डप्रति ओलीको ब्यंग्य– गोपीकृष्ण कहाँको भन्दा कहाँको.. कहाँको ?

प्रचण्डप्रति ओलीको ब्यंग्य– गोपीकृष्ण कहाँको भन्दा कहाँको.. कहाँको ?

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (प्रचण्ड–माधव समुह) का अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डलाई सुगाको संज्ञा दिएका छन् ।

शुक्रवार विराटनगरमा आयोजित विरोध सभालाई सम्वोधन गर्दै प्रचण्डले ‘मेरो वाँकी जिवन देशका लागि’ भनेको प्रशंगमा आफनो सिको गरेको भन्दै ओलीले ब्यंग्य गरे ।

‘मैले हिजो एक जना नेताले विराटनरमा वोलेको सुनें। वाँकी जिन्दगी देशका लागि समर्पित गर्छु भन्नु भो’ उनले भने–‘मैले विरामी भएर उठेपछि वोनसमा पाएको जिवन देश र जनताका लागि भनेको थिए। त्यहि सिको गर्नुभएछ।’

‘साथीहरुले राम्रो कुरा पनि सिक्न थाल्नु भएछ’ भन्दै उनले ‘ठ्याक्कै ६ महिना तालिम दिएजस्तै गर्नु भो’ भने । ‘गोपी कृष्ण कहो भने जस्तै हो भन्दै उनले भने –‘गोपि कहाँको भन्यो भने कहाँको... कहाँको ? कृष्ण कहाँको भन्यो भने कहाँको... कहाँको ?’

शनिवार चितवनको भरपुरमा आफु निकट नेकपाले आयोजना गरेको जनसभालाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपा फुटेको नभई केहि मान्छे निस्किएर गरेको पनि टिप्पणी गरे । ‘पिलो निचोरिदैमा वजन घटेको हुदैन। निचोरेको पनि होईन, निचोरिएको हो’उनले भने –‘पार्टी फुटेको होईन। केहि मान्छे निस्किएर गएका हुन् ।’

जनसभामा उपस्थित सहभागिहरुलाई औलाले देखाउँदै उनले भने ‘यतावाट उतासम्म हेर्नोसत। पार्टी फुटेको छ की छैन ?’ जनसभाको उपस्थितीले प्रचण्ड–माधवका कारण पार्टीमा कुनै फरक नपरेको प्रष्ट हुने उनको तर्क थियो ।

पार्टीका केहि नेताले सधै सरकारलाई गालि मात्रै गरेको र राम्रो कामको कहिलै कुरा नगरेको उनले जानकारी दिए । ‘अरु पार्टीले वाटो वनाएको, पुल वनाएको देख्छ’ उनले भने–‘तर हाम्रै पार्टीका नेताले देखेनन्।’


सरकार वनेको तीन वर्षमा ५ हजार किलोमिटरभन्दा वढि वाटो कालोपत्रे गरेको, देश सुरुङ्ग मार्गमा प्रवेश गरेको, सडक वालवालिकालाई अभिभावक विहिन हुन नदिन अभियान सुरु गरिएको, वालवालिकाले पढ्न पाईन भन्नु नपर्ने अवस्थाको सृजना गरिएको, युवाहरु विदेश जाने संख्या घटेको लगायतका कुराहरुको जानकारी दिदै उनले भने ‘हामीले एकै दिन ३०९ वटा अस्पताल सिलान्यास गर्यौ। विश्वमै यस्तो काम विरलै भएको होला।’ 

भारतको सहयोगमा आएको कोरोना विरुद्धको खोपका विषयमा पनि उनले भन्न भ्याए । ‘शुक्रवार ४ वजेसम्म ४८ हजारलो खोप लगाई सके । फ्रण्टलाईनमा काम गर्नेलाई तीन महिना भित्र र अन्य नागरिकलाई सन २०२१ भित्र खोप लगाइसक्ने अभियानमा छौं’– उनले भने ।

विशेष