News

नेपालमा बर्डफ्लु भित्रिएको पुष्टि, भारतबाट कुखुराजन्य वस्तुको आयातमा प्रतिबन्ध

नेपालमा बर्डफ्लु भित्रिएको पुष्टि, भारतबाट कुखुराजन्य वस्तुको आयातमा प्रतिबन्ध

नेपालमा बर्डफ्लुको संक्रमण पुष्टि भएको छ। योसँगै सरकारले भारतबाट कुखुराजन्य वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले शनिबार जारी गरेको वक्तव्यमा संक्रमण फैलन सक्ने जोखिमलाई ध्यानमा राख्दै मुलुकभित्र निगरानी उच्च अवस्थामा राखिएको छ। रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरिएको मन्त्रालयले जनाएको छ ।

रोग देखापरेको क्षेत्रलाई निसंक्रमण तुल्याइएको र ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा, ७५ किलो दाना, १८६५ वटा हाँस, ६२२ बट्टाइ नष्ट गरिएको मन्त्रालयले जनाएको छ ।

रोग नियन्त्रणमा सघाउन विभागले पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपोसार गर्दा स्वास्थ्य परिक्षण गर्न, फार्म परिसरमा जैविक सुरक्षाका विधि अवलम्वन गर्न, व्यक्तिगत सरसफाइमा ध्यान दिन आग्रह गरेको छ । 
 

विशेष