News राजनीति

केपी ओलीले मुलुकलाई अधिनायकवादतर्फ धकेलेः महन्थ ठाकुर

केपी ओलीले मुलुकलाई अधिनायकवादतर्फ धकेलेः महन्थ ठाकुर

जनकपुर– जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मुलुकलाई अधिनायकवादतर्फ धकेलेको आरोप लगाएका छन् ।

शनिवार जनकपुरमा जसपा निकट राष्ट्रिय ईन्जिनियर संघको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ठाकुरले प्रधानमन्त्री ओली संघीयता विरोधी भएको आरोप लगाए। संघीयता समाप्त पार्नकै लागि ओलीले संसद विघटन गरेको उनको आरोप छ ।

संघीयता नरुचाउनेहरुले वारम्वार संघीयतामाथि प्रहार गरिरहेको बताउदै उनले हालको संघीय संरचनाप्रति पनि आफ्नो पार्टीको असहमति कायमै रहेको बताए। जनसंख्याका आधारमा निर्वाचन क्षेत्र र राज्य पुनर्संरचना आयोगको प्रतिवेदनका आधारमा प्रदेशहरुको सीमाङ्कन र नामाङ्कन हुनुपर्ने आफूहरुको माग यथावत रहेको ठाकुरले वताए ।

जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले नेपालमा पटक–पटक प्रतिगमन भएको बताउदै प्रधानमन्त्री ओलीले फेरी एक पटक प्रतिगमन दोहोर्याएको वताए ।

संविधान जारी गर्दा नै जनताको अधिकारलाई मिचेर पहिलो प्रतिगमन गरिएको उनले वताए

नेता शरतसिंह भण्डारीले देशको सर्वशक्तिशाली प्रधानमन्त्रीबाट नै अहिले जनताको अधिकार खोस्ने कार्य भएको बताए।

जनततालाई अधिकार सम्पन्न बनाउने दायित्व बोकेको प्रधानमन्त्रीबाट आफनो झगडामा संविधानको हत्या गर्नु उचित नरहेको उनको भनाई छ । प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले ईन्जिनियरहरु देशको मेरुदण्ड भएको वताउँदै उनिहरुको उपेक्षा गरेर कुनै पनि सरकार अगाडि बढन नसक्ने बताए।

विशेष