News राजनीति

अर्वौ खर्चेर अनावश्यक चुनाव गर्नुभन्दा गाउँ गाउँमा अस्पताल खोल्न सकिन्थ्योः डा. केसी

अर्वौ खर्चेर अनावश्यक चुनाव गर्नुभन्दा गाउँ गाउँमा अस्पताल खोल्न सकिन्थ्योः डा. केसी

चिकित्सक तथा नागरिक अभियन्ता डा. गोविन्द केसीले अर्बौं खर्चेर चुनाव गर्नुभन्दा गाउँगाउँमा अस्पताल खोल्न सुझाव दिएका  छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध शनिबार काठमाडौंमा आयोजित ‘अहिंसात्मक नागरिक प्रदर्शन’ लाई सम्बोधन गर्दै डा. केसीले यस्तो वताएका हुन् । ‘अर्वौ खर्चेर अनावश्यक चुनाव गर्नुभन्दा, गाउँ गाउँमा अस्पताल खोल्न सकिन्थ्यो । कोरोनाले भोकै परेका मजदुरहरुलाई हेर्न सकिन्थ्यो नि’ उनले भने–‘जनता मरुन् बाँचुन् केही मतलब छैन । उनले असंवैधानिक कदम त चाले नै राज्यकोषको पनि दुरुपयोग गर्ने काम गरे।’

डा. केसीले संविधानको रक्षा गर्नु जनताको कर्तव्य भएको उल्लेख गर्दै भ न्यायालय पनि जनताप्रति उत्तरदायी हुनुपर्ने वताए । तीन करोड नेपालीले रगत र पसिना बगाएर ल्याएको संविधानको हत्या गर्ने अधिकार कसैलाई नभएको उनले बताए। 
‘संविधानको हत्या गर्ने ती तानाशाहलाई सडकमा कसरी ल्याउनुपर्छ भन्ने कुरा जनतालाई राम्रोसँग थाहा छ,’ उनले भने ।

आफूहरु कुनै पनि पार्टीको समर्थन र विरोधमा नभएर संविधानको रक्षार्थ आन्दोलनमा रहेको वताएका केसीले भने, ‘हामी कुनै पार्टीको समर्थन र विरोधमा आएका होइनौँ । हामी सबै पार्टीका नेतृत्वलाई जनताप्रति जवाफदेही बनाउनुपर्छ भन्ने मान्यता राख्छौँ ।’


‘कोरोनाको प्रभावले ज्यालामजदुरी गर्नेहरु भोकै बस्ने अवस्था छ । यस्तो बेलामा त कोरोनाको प्रभावबाट कसरी मुक्ति पाउने भन्ने विषयमा छलफल हुनुपर्ने हो’–उनले भने।
 

विशेष