News राजनीति

धनगढीमा आमसभा गरेपछि ओलीको फुर्ती बढेको होः प्रचण्ड

धनगढीमा आमसभा गरेपछि ओलीको फुर्ती बढेको होः प्रचण्ड

नेकपा प्रचण्ड–माधव समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा अल्पमतमा परेपछि संसद भंग गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले धनगढीमा आमसभा गरेपछि फुर्ती बढेको वताएका छन् ।

शनिबार धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो वताएका हुन । तर, ओली समूह पार्टीमा मात्र होइन, सडकमा पनि एक तिहाई मात्र रहेको उनले दावी गरे । धनगढीमा आफ्नो समूहले गरेको आमसभापछि ओली सडकमा पनि एक तिहाई मात्र हो भन्ने प्रष्ट भएको प्रचण्डको दाबी छ। ‘सडकमा पनि केपी ओली एक तिहाई हो’ उनले भने–‘तपाईहरुले तिमी फुच्चे नै हो भनेर सावित गरिदिनुभयो ।’


यसैगरी, सोहि समुहका सुदूरपश्चिम प्रदेश कमिटी इन्चार्ज भीम रावलले केपी ओलीको कर्तुतका विरुद्धमा सिंगो प्रदेश जुरुक्क उठेको बताएका छन्।

उनले भने– ‘बालुवाटारमा बस्ने केपी ओली केटोले सुन्नुहोस्, सुदूरपश्चिममा जन्मेको म त्यही केटोले प्रदेशलाई तपाईंको कर्तुतका विरुद्धमा जुरुक्क उठाएको छु,’ आफैंले हस्ताक्षर गरेको संविधानलाई कुल्चेर ओलीले जनताको अधिकारलाई कमजोर पारी किर्ते गरेको रावलले आरोप लगाए।
 

विशेष