News

आफनै महानगरमा बन्ने सिटी हल शिलान्यास मेयर रेणु दाहालले गरिन बहिष्कार

आफनै महानगरमा बन्ने सिटी हल शिलान्यास मेयर रेणु दाहालले गरिन बहिष्कार

प्रधानमन्त्री केपी शर्मा ओलीले सिलान्यास गर्ने भएपछि आफनै महानगरमा बन्न लागेको सिटी हल शिलान्यास समारोह मेयर रेणु दाहालले बहिष्कार गरेकी छन् । 

मेयर दाहालले भने महानगरपालिकासँग समन्वय नगरी शिलान्यास गरिएकाले आफू सहभागी नभएको बताएकी छन् । मेयरसहित प्रचण्ड माधव नेपाल पक्षले प्रधानमन्त्रीको विरोध गरेका थिए ।

शनिबार एक समारोहबीच प्रधानमन्त्रीले सिटी हल उद्घाटन गर्दा संघीय सरकारका मन्त्रीहरु उपस्थित थिए । गृहमन्त्री रामबहादुर थापा, शहरी विकास विकासमन्त्री प्रभु साह र वागमतीका मुख्यमन्त्री डोरमणि पौडेल सिलान्यास समारोहमा उपस्थित थिए ।

जिल्ला समन्वय समिति चितवनले उपलब्ध गराएको चार बिघा चार कठ्ठा जग्गामा सिटी हल बन्न लागेको हो । शहरी विकास मन्त्रालयले बनाउने सिटी हल भरतपुर महानगरपालिकाको वाइपास रोड नजिक बन्दैछ ।

सिटीहलमा अडिटोरियम ब्लकमा दुई हजार मान्छे अट्ने सुविधासम्पन्न सभाहल हुनेछ । 
 

विशेष