सेतो साडि लाएर शक्ति आर्जन गर्ने गलत सांस्कृतिक अभ्यासको प्रत्युत्पादन हो– विद्या भण्डारीः नेतृ झाँक्री
राष्ट्रपतिलाई तल्लो स्तरको टिप्पणी गरेपछि नेपाल कम्युनिष्ट पार्टी दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री विवादमा परेकी छिन् ।
गोरखाको सिरान्चोक गाउँपालिकास्थित चित्रेपोखरीमा शुक्रबार आयोजित विरोधसभामा राष्ट्रपति विद्यादेवी भण्डारीलाई लक्षित गरी उनले तल्लो स्तरको टिप्पणी गरेकी थिईन । उनले राष्ट्रपतिका कुरा त के गर्नु र? भन्दै विद्या भण्डारी मात्र नभई एकल महिलालाई विझाउने शब्द प्रयोग गर्दै टिकाटिप्णी गरिन् ।
‘राष्ट्रपतिका कुरा त के गर्नु, वडामहारानीले चुनाव हुन्छ भन्नु भएछ अस्ति निर्वाचन आयोगको प्रतिवेदन वुझ्दै’ उनले भनेकी थिईन–‘वडामहारानीलाई यही गोरखावाट सन्देश दिन चाहान्छु । निर्वाचनको तयारीका लागि कार्गेट छोडेर, सुखसुविधा, ऐसआराम, सितलनिवास छोडेर पहिला कोटेश्वरमा आउनुहोस। चावहिलकी कता वानेश्वरतिर वसाई छ भन्ने सुन्या थे। होईन भने वालकोटै गएपनि हुन्छ ।’
उनले राजनीति गर्ने मन भए चुनाव लड्ने तयारी गर्न पनि राष्ट्रपतिलाई चुनौति दिएकी छिन् । ‘नेपालको कुन जिल्लावाट चुनाव लड्ने हो त्यसको तयारी गरेर सन्देश पठाउनोस’ उनले भनेकी छिन्–‘तपाईसँग म पनि अलि भारी हुन्छ होला, यहिँ रेखा लोपचनलाई चुनाव लडाउँछौ र हराउँछौं। तपाईका लागि म पनि भारी हुन सक्छु ।’
नेपाली जनताले प्राप्त गरेका र संघर्ष गरेर ल्याएका अधिकारमा गिद्धे दृष्टि लगाए त्यो सह्य नहुने चेतावनी समेत झाँक्रिले दिएकी छिन् । ‘त्यस कारण वडामहारानीले हामीले प्राप्त गरेका, हामीले संघर्ष गरेर ल्याएका अधिकारहरु माथि गिद्धे दृष्टि लाएर एउटा गुटको, खास गुटको मान्छेको तुष्टि फेर्नका लागि गरिएका असंवैधानिक कदम किमार्थ पनि स्विकार हुन सक्दैन’ उनले भनिन्।
उनले विद्या भण्डारीलाई नेकपा एमालेले २०५० सालमा गरेको भुल भन्दै मदन भण्डारीको हत्यापछि सेटो साडि लाएर शक्ति आर्जन गर्ने गलत संस्कृतिको प्रत्युत्पादन भएको पनि आरोप लगाईन । ‘यो नेकपा एमालेले ५० सालमा गरेको भुल थियो । यहाँ अन्यथा नहोस। तमाम दिदी वहिनी हुनुहुन्छ, शहिद परिवार हुनुहुन्छ। यहाँहरुलाई भन्न खोजेको होईन’ उनले भनिन्–‘मदन भण्डारीको हत्या पछाडि सेतो साडि ल्याएर जुन शक्ति आर्जन गर्ने गलत सांस्कृतिक अभ्यास गरेको थियो नेकपा एमालेले, त्यसको प्रतित्युतपादन हो विद्या भण्डारी।’
०५० सालमा गरेको त्यहि गल्ति नै आज यो संविधानको चिर हरण गर्ने कारण वनेको उनको दावी छ । ‘त्यस कारण संस्कृति पनि सहि हुनुपर्ने रहेछ। धरानमा हामीले चुनाव हार्नुको कारण पनि त्यहि हो’ झाँक्रीको भनाई थियो–‘धरानमा मेयर विरामी भएर वित्नु भो। मेयरको श्रीमतीलाई टिकट नदिएवापत भनेर भोट हालेनन् । त्यहाँ कांग्रेसले जित्यो।’ उनले सेन्टीमेण्टको र इमोसनल ब्ल्याकमपेलिङ्गको राजनीति वन्द गर्नुपर्ने पनि वताईन ।