१ सय ५ किलो गाँजासहित ७ जना पक्राउ
विरगञ्जवाट प्रहरीले आईतवार १ सय ५ किलो अवैध लागूऔषध गाँजासहित ७ जनालाई पक्राउ गरेको छ।
पर्षाको वीरगंज महानगरपालिका–२१ लालबाट गाँजासहित मकवानपुर हेटौंडा उपमहानगरपालिका–१९ बस्ने २४ वर्षीय विजय तामाङ, सोही ठाउँ बस्ने ३२ वर्षीय लक्ष्मण सिटौला, १८ वर्षीय किशोर, कैलाश गाउँपालिका–१० बस्ने २६ वर्षीय रामलाल गोले, धादिङ बेनीघाटरोराङग गाउँपालिका–१ बस्ने ३७ वर्षीय निरज लामा, चितवन राप्ती नगरपालिका–२ बस्ने ५० वर्षीय सानुलाल तामाङ र पर्सा सखुवा प्रसौनी गाउँपालिका–३ बस्ने ५१ वर्षीय सहिद मियाँ आलमलाई प्रहरीले पक्राउ गरेको हो ।
लागुऔषधको कारोबार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण व्यूरो, काठमाडौं तथा मातहत शाखा कार्यालय पर्सा वीरगंजबाट खटिएको संयुक्त प्रहरीले टोलीले शंकास्पद अवस्थामा सडकमा रोकी राखेको ना ४ ख ६५२५ नम्बरको ट्रकलाई जाँच गर्दा उक्त ट्रकमा लुकाई राखेको अवस्थामा गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।