News

‘प्रचण्ड’ पत्नी सीतालाई उपचारका लागि दिल्ली लाने तयारी

‘प्रचण्ड’ पत्नी सीतालाई उपचारका लागि दिल्ली लाने तयारी

पार्किन्सससहितका रोगवाट पीडित रहेकी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई उपचारका लागि दिल्ली लाने तयारी गरिएको छ।

प्रचण्डको सचिवालयका अनुसार उनको स्वास्थ्यमा समस्या बढ्दै गएपछि उपचारका लागि सोमबार दिल्ली लाने तयारी गरिएको हो। उनको स्वास्थ्यमा समस्या आएपछि गत बिहीबार मेडिसीटी अस्पताल भर्ना गरिएको थियो।

उनलाई एक दिन अस्पतालमा राखेर डिस्चार्ज गरिएको थियो। 
 

विशेष