दाहाल–नेपाल समूहद्वारा माधव नेपालको संयोजकत्वमा कार्यदल गठन
नेकपाको दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकले पार्टी भित्रका विभिन्न जिम्मेवारी पुरा गर्न अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ।
आईतवार पेरिसडाँडामा अध्यक्ष नेपालकै अध्यक्षतामा वसेको स्थायी कमिटी बैठकद्वारा गठित कार्यदलले पार्टी एकताका थप काम पनि गर्ने जनाईएको छ ।
अर्को स्थायी कमिटी बैठक सोमबार १ बजे फेरि बस्ने र बैठकका लागि एजेन्डा पनि तय भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपामा दुई समूह क्रियाशील छ।
पार्टीमा विभाजन आएर दुई पक्ष भएपछि स्थानीय कमिटीहरु नेतृत्वविहीन भएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा उत्रिएको प्रचण्ड–माधव पक्षले स्थानीय कमिटीहरुलाई जोड दिएको छ।
‘आन्दोलनमा स्थानीतहसम्मको संगठन परिचालन गर्ने र त्यसका लागि सबैतिर तत्कालै संगठन परिचालकहरु जाने गरी छलफल भएको छ,’ बैठकबारे जानकारी दिँदै एक स्थायी कमिटी सदस्यले भने, ‘स्थानीय तहमा नेतृत्व खाली भएको ठाउँमा त्यहाँको राय, सल्लाहका आधारमा व्यवस्थापन गर्ने कुरा भएको छ ।’