News राजनीति

प्रचण्ड र माधव नेपाल माइतीघरको धर्नामा

प्रचण्ड र माधव नेपाल माइतीघरको धर्नामा

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल आइतबार माइतीघरमा धर्ना बसेका छन्। 

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल आइतबार माइतीघरमा धर्ना बसेका छन्। 

नेकपा प्रचण्ड–नेपाल पक्षले प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनको विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। सोहि आन्दोलन अन्तर्गत गत बुधबारदेखि प्रचण्ड–माधव पक्षका विघटित प्रतिनिधि सभा सदस्य, संविधान सभा सदस्य तथा प्रदेश सभा सदस्यहरूले प्रतिनिधि सभा विघटनको विरोधमा माइतीघर मण्डलामा धर्ना दिइरहेका छन्। सोहि धर्नामा आईतवार दाहाल–नेपाल सहभागी भएका हुन्।  

असंवैधानिक रूपमा संसद विघटन गरी देशलाई प्रतिगमनतर्फ फर्काउने उल्टो कदम सच्याउनको निम्ति धर्ना बसेको विघटित प्रतिनिधि सभा सदस्यहरुले वताएका छन्। संविधान, संघीयता, गणतन्त्र र जनमतको रक्षाको निम्ति धर्ना बसेको उनीहरुको भनाई छ ।

आफ्नो प्रतिनिधिमार्फत् बनाएको संविधानमाथि हस्तक्षेप भएको हुँदा आमजनता धर्नामा बस्नुपर्ने आवश्यकता रहेको उनीहरुले वताए ।
 

विशेष