News राजनीति

संसद विघटनपछि राजावादीले ओलीलाई राजनेता भन्न थालेः नेता पाण्डे

संसद विघटनपछि राजावादीले ओलीलाई राजनेता भन्न थालेः नेता पाण्डे

पुष्पकमल दाहाल–माधवकुमार नेपाल नेतृत्वको नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले संसद विघटनपछि राजावादीहरुले कपी शर्मा ओलीलाई राजनेता भन्न थालेको बताए छन्।

माइतीघर मण्डलामा जारी नेकपा दाहाल–नेपाल पक्षको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्रीसमेत रहेका पाण्डे प्रधानमन्त्री ओलीको कदमले दक्षिणपन्थीहरु खुसी भएको बताए। ‘पञ्चायत कालमा कम्युनिस्ट नेताहरुमाथि गोली हान्न निर्देशन दिनेहरुले नै अहिले नेपालमा ओलीजस्तो राजनेता कोही छैनन भन्न थालेका छन्’ उनले भने।

ओलीले धर्मको आधारमा आफ्नो राजनीतिलाई अघि बढाएको पाण्डेले बताएका हुन् । ओलीका पछिल्ला कदमले उनी अब कम्युनिस्ट नेता नरहेको पुष्टि भएको पनि उनले दावी गरे।
उनले प्रधानमन्त्री ओलीले समाजवादको यात्रामा घात गरेको आरोप लगाए । 

केपी ओली केही दिन पहिले पशुपतिनाथको पूजा गर्न गएको र शनिबार चितवनमा पुगेर राम मन्दिर बनाउने घोषणा गरेको भन्दै उनले ओली नयाँ मठाधीश बनेर धर्मको कुरा गर्दै जनता अलमल्याउन थालेको उनले वताए ।


ओलीले माघ २३ गते हिन्दु राष्ट्र घोषणा गर्छन् भन्ने चर्चा पनि सुरु भएको वताउँदै उनी त्यो बाटोमा लाग्न सक्ने पनि पाण्डेले जिकिर गरे ।
 

विशेष