किसानले लिएको ऋणको ब्याज प्रदेश सरकारले तिरिदिने
कर्णाली प्रदेश सरकारले किसानले लिएको ऋणको ब्याज तिरिदिने घोषणा गरेको छ । भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आईतवार पत्रकार सम्मेलन गरी यस्तो घोषणा गरेको हो ।
कृषि तथा सहकारी मन्त्री विमला केसीले साना किसानले सहकारी संस्थामार्फत् लिएको ऋणको ब्याज कर्णाली प्रदेश सरकारले तिरिदिने जानकारी दिईन् ।
प्रदेश सरकार मातहतका ३१४ वटा सहकारीले साना किसानलाई ऋण दिने र ऋणको एघार प्रतिशत ब्याज सरकारले तिरिदिने उनले जानकारी दिईन् ।
परम्परागत खेतीबाट किसानलाई व्यवसायिकतातर्फ उन्मुख गर्न यस्तो कार्यक्रम ल्याएको मन्त्री केसीले बताइन् । ‘कसैलाई एक वटा भैसी वा दुई–चार वटा बाख्रा खरिद गर्न वा टनेलमार्फत् तरकारी खेती गर्न पचास हजारदेखि एक लाख रुपैयाँसम्म ऋणको आवश्यकता पर्न सक्ला ।
त्यसका लागि कृषकले सहकारीको नियमअनुसार बिनाधितो वा जमानतमा ऋण लिने र सानो व्यवसाय सुरुवात गर्ने अपेक्षा गरिएको मन्त्री केसीको भनाई छ ।
मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रका न्यूनतम पचास हजारदेखि अधिकतम पाँच लाख रुपैयाँसम्मको ऋणमा कृषि विकास कार्यालयले ब्याज र सेवाशुल्क तिरिदिने गरी व्यवस्था मिलाइएको छ ।