News राजनीति

प्रधानमन्त्रीले गणतन्त्रमाथि वितृष्णा पैदा गरिरहेका छन्ः कृष्ण पहाडी

प्रधानमन्त्रीले गणतन्त्रमाथि वितृष्णा पैदा गरिरहेका छन्ः कृष्ण पहाडी

मानवअधिकारकर्मी कृष्ण पहाडीले प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रमाथि वितृष्णा पैदा गरिरहेको आरोप लगाएका छन् ।

काठमाडौंमा सोमवार आयोजित एक कार्यक्रममा गणतन्त्रमाथि वितृष्णा पैदा गर्ने र देशलाई गृहयुध्दमा धकेल्ने काम प्रधानमन्त्री ओलीबाट भएको वताए । 

मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति समेत रहेका उनले ओलीका पछिल्ला गतिविधिले देशलाई गृहयुध्दमा धकेलेको टिप्पणी गरे।

प्रधानमन्त्री ओलीले लगातार गैह्रसंवैधानिक कार्य गरेको आरोप लगाएका उनले सर्वोच्च अदालतले संसद् विघटन गर्ने सरकारको कदमलाई सदर गर्ने हो भने नेपालमा जुनसुकै प्रधनमन्त्रीले संविधान विघटन गर्नसक्ने बताए । 
 

विशेष