News राजनीति

दाहाल–नेपाल पक्षले शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङलाई प्रदेश इन्चार्जबाट हटायो

दाहाल–नेपाल पक्षले शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङलाई प्रदेश इन्चार्जबाट हटायो

केपी शर्मा ओली पक्षले प्रदेश १ लगायतका ईन्चार्ज परिवर्तन गरेपछि प्रचण्ड–माधव पक्षले पनि शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङलाई प्रदेश इन्चार्जबाट हटाएको छ ।

आज बसेको स्थायी कमिटी बैठकले लुम्बनी प्रदेश इन्चार्जमा पोखरेललाई हटाएर युवराज ज्ञवाली तथा गण्डकी प्रदेश इन्चार्ज रहेका गुरुङको ठाँउमा पूर्व माओवादीका देवेन्द्र पौडेललाई जिम्मेवारी दिइएको छ। 

गण्डकी प्रदेशको सहइन्चार्जबाट किरण गुरुङलाई हटाएर तुलबहादुर गुरुङलाई राखिएको छ। प्रदेश कमिटी सचिवमा श्रीमाया थकालीलाई जिम्मेवारी दिइएको छ।

विशेष