News राजनीति

प्रचण्डप्रति शंकर पोखरेलको टिप्पणी – सवै ठाउँमा ढाडमा टेकेर टाउकोमा हान्ने नीति सफल हुँदैन

प्रचण्डप्रति शंकर पोखरेलको टिप्पणी – सवै ठाउँमा ढाडमा टेकेर टाउकोमा हान्ने नीति सफल हुँदैन

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पुस्पकमल दाहाल ‘प्रचण्ड’ को ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ नीति यस पटक फेल भएको टिप्पणी गरेका छन् । माधवकुमार नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्न खोज्दा प्रचण्ड आफैं सडकमा पुगेको उनको टिप्पणी छ।

चितवनमा आयोजित जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले पूर्व एमाले भित्रको अन्तर्विरोधमा खेल्न खोज्दा प्रचण्ड फसेको बताए। ‘यसपटक कमरेड प्रचण्ड फस्नुभयो’ उनले भने–‘सवै ठाउँमा ढाडमा टेकेर टाउकोमा हान्ने नीति सफल हुँदैन।’
 
सडकमा निस्कँदा कतैवाट साथ नपाएपछि प्रचण्डले आफनो औकात थाहा पाएको उनले वताए । ‘उहाँ विदेशीको सहयोग चाहियो भन्न थाल्नुभएको छ,’ पोखरेलले भने, ‘प्रधानमन्त्रीलाई नक्कली राष्ट्रवादी भनेर आरोपपत्र पेश गर्ने व्यक्तिको राष्ट्रवाद सबैले देखिरहेका छन्।’

प्रचण्डको पटक पटकको कृयापकलाप देखेर जनताले पनि साथ नदिएको उनको भनाई छ । ‘जनताले साथ देलान् भन्ने सोचेका प्रचण्डलाई आफ्नै कार्यकर्ताले साथ दिएनन्’ उनले थपे–‘त्यसैले अप विदेशी गुहार्न थाल्नु भएको छ ।’
 

विशेष