प्रदेश २ मा नेकपाको संसदिय दलका नेता मण्डल हटाईए
नेकपा प्रदेश २ को संसदिय दलका नेता सत्यनाराण मण्डल हटाईएका छन् ।
जनकपुरमा आज वसेको संसदीय दलको बैठकमा सहभागि नेकपा (दाहाल–नेपाल) का १९ जना सांसदले दलको नेताबाट मण्डललाई दलको नेतावाट हटाएर शत्रुघन महतोलाई चयन गरेका छन्।
प्रदेशसभा सचिवालयमा रहेका नेकपाको संसदीय दलको मंगलबार बसेको बैठकले मण्डललाई सर्वसम्मति निर्णय गर्दै दलका नेताबाट हटाइएको र महतोलाई दलका नयाँ नेता चुनिएको जनाईएको छ । यस विषयमा सभामुख सरोज यादवलाई समेत जानकारी गराइएको छ। मण्डल नेकपा (ओली) र महतो नेकपा (दाहाल–नेपाल) पक्षका प्रदेश सांसद हुन् ।
प्रदेश २ मा नेकपाका ३२ जना सांसद थिए । नेकपा दुई खेमामा विभाजित बनेपछि नेकपा (दाहाल–नेपाल) सँग बहुमत १९ जना सांसद र नेकपा (ओली) सँग १३ जना सांसद छन् ।