News

अदालतले ओलीको पक्षमा लाग्ने नभई संविधान बमोजिम निर्णय दिनुपर्छः चण्डेश्वर श्रेष्ठ

अदालतले ओलीको पक्षमा लाग्ने नभई संविधान बमोजिम निर्णय दिनुपर्छः चण्डेश्वर श्रेष्ठ

नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले अदालत राजनीतिक आधारबाट केपी ओलीको पक्षमा लाग्ने नभई संविधान बमोजिम निर्णय दिनु पर्ने वताएका छन् । 

मंगलबार जनता समाजवादी पार्टी (जसपा) ले गरेको एक कार्यक्रममा वोल्दै उनले भने–‘अदालत राजनीतिक आधारबाट खड्ग ओलीको पक्षमा लाग्ने नभई संविधान बमोजिम निर्णय दिन्छ भन्ने विश्वास छ र संविधान अनुसार प्रतिनिधि सभा पुनर्स्थापित हुन्छ भन्ने विश्वास छ।’

प्रधानमन्त्रीले ताजा जनादेश भनेर संविधानको गलत ब्याख्या गरिरहेको पनि उनले टिप्पणी गरे। ‘संविधान अनुसार ताजा जनादेश ५ वर्ष हो । बीचमै ताजा जनादेश भन्ने व्यवस्था छैन’ उनले भने–‘बहुमतको सरकार हुँदाहुँदै ताजा जनादेश भन्ने कुरै छैन।’

उनले प्रधानमन्त्री ओलीले संसद विघटन नभई राजीनामा दिनुपर्ने वताए ।

आफूले काम गर्न नसके राजीनामा दिनुपर्नेमा प्रतिनिधि सभालाई विघटन गरिएको भन्दै उनले प्रधानमन्त्रीको कदम असंवैधानिक भएको वताए । ‘काम गर्न नपाएको हो भने धारा १०० अनुसार विश्वासको मत लिनुपर्ने वा राजीनामा दिने अधिकार संविधानले दिएको छ’ उनले थपे–‘राजनीतिक स्थिरताका लागि प्रधानमन्त्रीले संसद विघटन गर्न पाउने व्यवस्था नै संविधानमा राखिएको छैन।’

विशेष