नारायणकाजीको महासचिव वन्ने लालसा, भन्छन्– फरक भुमिकामा काम गर्ने मन छ
नेकपा (प्रचण्ड–माधव) पक्षका प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ पार्टीमा महाँसचिवको भुमिका प्राप्प गर्न लागिपरेका छन् । सर्वाजनिक रुपमा स्पष्ट महासचिव चाहियो नभने पनि उनले आफु फरक भुमिकामा काम गर्न चाहेको वताउन थालेका छन् ।
‘सबैको सल्लाहमा हुने विषय भएकाले छलफल चलिरहेको छ,’ उनले भन्ने गरेका छन् ‘पद र जिम्मेवारी पार्टीभित्रबाट तय हुने विषय हो । पदकै बारेमा धेरै सोचेको पनि छैन ।’
प्रचण्ड–माधव पक्षले यस अघि नै महासचिव छनौटको तयारी गरेको थियो । तर, प्रतिस्पर्धि धेरै भएका कारण सहमतिमा पुग्न नसकेका वेला अर्का आकांक्षी थप भएका हुन । महासचिव पदका लागि सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, भीम रावल, श्रेष्ठ मात्र होइन अन्य आकांक्षी पनि छन् । तर, पाण्डे यसअघि पनि विष्णु पौडेलसँग झिनो मतले पछि परेका हुनाले उनलाई त्यहाँ लैजाने तर्क छ ।
पाण्डे आफैँमा सरल, काविल र सुझबुझ भएका नेतामा पर्ने हुनाले उनीमाथि विमत्ति रहने सम्भावना पनि कम देखिन्छ । रावल पनि बुद्धिजिवी नेता स्पष्ट वक्ता, राष्ट्रवादी छवि मात्र होइन मेहनती नेतामा पर्छन् । तर, ओलीतर्फ यस प्रकारको नेता नरहेकाले पनि दाहालतर्फ छनौट धेरै रहने देखिन्छ । जिम्मेवारी फरक–फरक राखेर व्यवस्थापन गरिने कार्य अध्यक्ष नेपालको समितिले तय गर्न सक्ने एक सदस्यले जानकारी दिए ।
दलभित्र विभिन्न कार्य र संगठन बलियो बनाउने कार्यलगायतमा काम गर्ने चुनौती छ । त्यसतर्फ आफू केन्द्रित हुन चाहेको श्रेष्ठले वताएका छन् । उनी अध्यक्ष पुष्पकमल दाहालको विश्वास पात्र समेत हुन् ।
प्रवक्ता भन्दा संगठनका काममा सक्रिय रहने इच्छा नेतृत्वसँग राखेको उनी निकट एक नेताले बताए । यद्यपी माधवकुमार नेपालको संयोजकत्वमा बनेको कार्यदलले दिने सुझावमा आधारित पद तय हुनेछ ।