प्रतिनिधि सभा ज्युँदै छ, सभामुखले बैठक बोलाउँन सक्नुहुन्छः उपेन्द्र यादव
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधि सभा अहिले पनि ज्युँदै रहेको बताउँदै सभामुखले बैठक बोलाएर कामकारवाही गर्न सक्ने टिप्पणी गरेका छन्।
जसपाले मंगलवार काठमाडौंमा आयोजना गरेको अन्तक्र्रियामा बोल्दै अध्यक्ष यादवले भने–‘प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध ८६ जनाभन्दा बढी सांसदले हस्ताक्षर गरेका थिए। अल्पमतमा परिसकेका प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न मिल्दैन।’
उनले प्रतिनिधिसभा भंग गर्ने असंवैधानिक र अलोकतान्त्रिक कदमलाई खारेज गर्नुपर्ने बताएका छन्। यादवले नेकपा अब एकजुट रहन सक्ने अवस्था पनि न्युन रहेको वताए ।