News राजनीति

संकटकाल लगाउने षडयन्त्रको सम्भावना कसैले नदेखे हुन्छः माधव नेपाल

संकटकाल लगाउने षडयन्त्रको सम्भावना कसैले नदेखे हुन्छः माधव नेपाल

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले लोकतान्त्रीक ब्यवस्था विरुद्धको ओलीको चाहना पूरा हुन नदिने उनले बताएका छन् ।

प्रचण्ड माधव समूहले बानेश्वरमा आयोजना गरेका अन्तरपार्टी अन्तरक्रियामा नेपालले संसद विघटनले नेकपा मात्रै नभएर देशै सिध्याइदिने कदम भएको बताए । ‘सुनिन्छ, संकटकाल लगाउने र संकट निम्त्याउँदै जाने’ उनले भने–‘तर, त्यस्तो षडयन्त्रको सम्भावना कसैले नदेखे हुन्छ।’

घरमा झगडामा ओलीले घरै सिध्याएको टिप्पणी गरेका नेपालले ‘परिवारमा झगडा भए, परिवारै सिध्याइदिने ?’ भन्दै प्रश्न गरे। ओलीमा सत्ताउन्माद रहेको वताएका उनले गैरसंवैधानिक कदम सिंगो व्यवस्था विरुद्ध, संघीयता विरुद्ध, गणतन्त्र र समावेशी समानुपातिक व्यवस्था विरुद्ध भएको जिकिर गरे।

‘सुनिन्छ, संकटकाल लगाउने । संकट निम्त्याउँदै जाने । तर, त्यस्तो षडयन्त्रको सम्भावना कसैले नदेखे हुन्छ,’ अध्यक्ष नेपालले चुनौती दिए । अहिलेको संविधानले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिएको उनले बताए ।
 

विशेष