News राजनीति

सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री झपटबहादुर बोहराद्वारा राजीनामा

सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री झपटबहादुर बोहराद्वारा राजीनामा

सुदूरपश्चिम प्रदेश सरकारकाका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएका छन्। धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी उनले वुधवार राजीनामा दिएको जानकरी दिए ।

राजनीतिक अवस्थाका कारण काम गर्न नसकिने अवस्था आएपछि राजीनामा दिएको उनले वताए ।
बोहरा २०७४ सालमा भएको निर्वाचनमा अछाम क्षेत्र नम्बर २ को प्रदेश ‘ख’ बाट निर्वाचित भएका थिए।  

तत्कालीन माओवादी केन्द्रबाट वामगठनबन्धका उम्मेदवार बनेका बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले फागुन ५ गते आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका थिए।  

उनले राजीनामा दिएसँगै आफू प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपामा रहेको खुलाएका छन्।

प्रदेशसभामा जम्मा ५३ सांसदमध्ये १२ कांग्रेसका, २ जनता समाजवादी पाटीका र बाँकी ३९ जना नेकपाका छन्। अब ओलीको पक्षमा उनीसहित पूर्वभौतिक पूर्वाधार तथा योजना मन्त्री पठानसिह बोहरा, प्रदेशसभा सदस्य नेपालु चौधरी, लिलाधर भट्ट, रतन थापा, महेशदत्त जोशी र ग्याल्बु बोहरा खुलेका छन्। 
 

विशेष