News

वलात्कारको मुद्दामा प्रदेश सभा सदस्य रावलले सफाई पाए

वलात्कारको मुद्दामा प्रदेश सभा सदस्य रावलले सफाई पाए

जबर्जस्ती करणीको आरोप लागेका कैलाडिका प्रदेश सभा सदस्य अक्कल रावललाई अदालतले सफाई दिएको छ। वलात्कारको मुद्दा परेपछि उनी प्रदेशसभा सदस्यबाट निलम्बित भएका थिए।

कैलाली जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरुको बुधबारको एकल इजलासले उनी माथि लागेको आरोप प्रमाणित नभएको ठहर गर्दै उनलाई सफाई दिने फैसला सुनाएको हो।

अधिबक्ता गम्भिरसिंह ऐर, गंगाराम उपाध्याय र प्रयागदत्त भट्टले रावलका तर्फबाट वकालत गरेका थिए। रावलले जिल्ला अदालतबाट सफाई पाए पनि उनिविरुद्ध लागेको मुद्दालाई उच्च अदालतमा पुनरावलोकन गर्ने बाटो भने खुला रहेनेछ। 

भान्जी नाता पर्ने एक महिलाले आफूमाथि पटक–पटक करणी प्रयास गरेको भन्दै अदालतमा मुद्दा दायर गरेकी थिइन्।
 

विशेष