News राजनीति

दिउँसै लाल्टिन वालेर विद्यार्थीहरु शहर पसे

दिउँसै लाल्टिन वालेर विद्यार्थीहरु शहर पसे

नेकपा प्रचण्ड–माधव समूहका विद्यार्थीहरु बुधबार दिउँसै लाल्टिन वालेर संसद विघटनको धारा खोज्न शहर पसेका छन् । प्रतिनिधिसभा पुनर्स्थापनाको माग राख्दै उनीहरु लालटिन वालेर जुलुसमा सहभागि भए ।

विद्यार्थीहरुको जुलुस माइतीघरदेखि नयाँ बानेश्वरसम्म पुगेको छ। ‘दिउँसै लालटिन बाल्दा पनि भेटिएन है, संविधानमा संसद विघटनको धारा खै?’ भन्ने नारा लेखिएको ब्यानर बोकेका विद्यार्थी सहभागी छन्।
 

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा भंग गरेका थिए। उक्त कदमको नेकपाका प्रचण्ड-माधव नेपाल, नेपाली कांग्रेस, जसपालगायत दलहरूले असंवैधानिक भन्दै विरोध गरेका छन्।

प्रधानमन्त्रीको उक्त कदम सच्चिनुपर्ने भन्दै अनेरास्ववियूले आन्दोलन नै घोषणा गरेको छ।

विशेष