प्रदेश १ः अविश्वासको प्रस्ताव पास/फेलमा साना दल निर्णायक
मुख्यमन्त्री शेरधन राई विरुद्ध प्रचण्ड–माधव पक्षले अविश्वासको प्रस्ताव दर्ता गराएपछि प्रदेश १ मा साना दलको भ्यालु वढेको छ । नेकपाका दुवै समुह यतिवेला साना दलका सांसद फकाउन मरिहत्ते गरिरहेका छन् ।
नेकपा एक हुँदा प्रदेश १ मा साना दलका सांसद प्रागमिक्तामै परेका थिएनन् । नयाँ सत्ता समिकरणमा साना दलसँग रहेको सांसद संख्या निर्णायक बन्ने सम्भावना बढेपछि नेकपाका दुवै पक्ष तानातानमा लागेका ह्न ।
९३ सदस्यीय प्रदेशसभामा दुवै पक्षलाई ४७ मत आवश्यक छ, जसले अविश्वास प्रस्ताव पारित हुने–नहुने निर्धारण गर्छ। मुख्यमन्त्री राईविरुद्ध आफ्नै दलका बहुमत सांसद्ले दर्ता गरेको अविश्वास प्रस्ताव पास/फेलमा यीनै साना दलको निर्णय महत्वपूर्ण सावित हुनेछ। प्रदेशसभामा जनता समाजवादी पार्टीका ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च र राष्ट्रिय प्रजातन्त्र पार्टीका १/१ सांसद छन्। कांग्रेस हालसम्म पनि प्रष्ट रुपमा अगाडि नआएकाले दुवै समूह साना दल फकाउन लागिपरेका छन्।