News

शम्भु थापाले प्रश्न उठाएपछि न्यायाधीश हरिकृष्ण कार्की संवैधानिक बेञ्चमा नबस्ने 

शम्भु थापाले प्रश्न उठाएपछि न्यायाधीश हरिकृष्ण कार्की संवैधानिक बेञ्चमा नबस्ने 

न्यायाधीश हरिकृष्ण कार्कीले प्रतिनिधि सभा विघटनबारे सुनुवाई गरिरहको संवैधानिक बेञ्चमा नबस्ने भएका छन्।

बहस गरिरहेका अधिवक्ताले संवैधानिक इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीमाथि प्रश्न उठाए पछि कार्की बेञ्चमा नबस्ने भएका हुन्।

वरिष्ठ अधिवक्ता शम्भु थापाले संवैधानिक इजलासमा रहेका न्यायाधीश कार्कीमाथि प्रश्न उठाएका थिए। थापाले न्यायाधीश कार्की विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाहकार रहेको भन्दै संवैधानिक इजलासमा उनको सहभागितामाथि प्रश्न उठाएका हुन् ।

थापाले भने– ‘हरिकृष्णजी विगतमा केपी ओलीको सल्लाहकार हो । तपाईको कमन सेन्सले के भन्छ ? पब्लिकले के भन्लान् ?’

कार्की ओलीको पहिलो प्रधानमन्त्रीत्व कालमा महान्यायाधिवक्ता थिए । थापाले हिजोको भूमिकामाथि प्रश्न उठाउँदै आजका महान्यायाधिवक्ता अग्नि खरेल र न्यायाधीश कार्कीमा के फरक छ भनी प्रश्न उठाएका हुन् ।
 

विशेष