भिम रावल माथि ३० लाख अपचलन गरेको आरोप, कारवाहीको माग
पार्टीको ३० लाख रकम अपचलन गरेको आरोपमा नेकपा (ओली समूह) को सुदूरपश्चिम प्रदेश कमिटीले भीम रावलसहित तीनजना नेतालाई कारबाही गर्न सिफारिस गरेको छ।
सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाका अनुसार धनगढीमा वुधवार बसेको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले प्रदेश इन्चार्ज रावलसहित तीन जनालाई कारबाहीको सिफारिस गरेको हो।
पार्टीको पैसा अपचलन गरेपछि विधान बमोजिम रावललाई प्रदेश इन्चार्जबाट हटाउन केन्द्रमा सिफारिस गरिएको उनको भनाई छ । प्रदेश सचिव नेप बहादुर चौधरी र प्रदेश कार्यालय सचिव दिनेशचन्द्र सुवेदीलाई सचिव पदबाट हटाउन पनि सिफारिस गरीएको थापाले जानकारी दिए ।
दाहाल–नेपाल समूहको पुस १७ गते बसेको प्रदेश कमिटी बैठकले प्रदेश अध्यक्ष थापासहित केही नेतालाई कारबाही गरेको थियो । तर यो निर्णयलाई आफूहरुले खारेज गरेको अध्यक्ष थापाले बताए ।