प्रधानमन्त्रीले संकटकाल घोषणा गर्न सक्ने योगेशको आशंका
नेकपा दाहाल–नेपाल समूहका नेता योगेश भट्टराईले प्रधामन्त्री केपी शर्मा ओलीले संकटकाल घोषणा गर्न सक्ने आशंका गरेका छन् ।
नेपालको संविधानको धारा २७३ मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संकटकाल लगाउन सक्ने व्यवस्था छ । प्रधानमन्त्री ओलीले संसद विघटन गरिसकेको अवस्थामा आन्दोलन बढ्दै गए संकटकाल लगाउन सक्ने अवस्था आउन सक्ने उनको अनुमान छ ।
तर, अहिलको राजनीतिक आन्दोलनमा नेपाली सेनाले सुझबुझ देखाउने भट्टराईले वताए । बिहीबार कास्कीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भट्टराईले नेपाली सेनाले आफूहरूलाई अहिलेको आन्दोलनमा साथ दिने बताए ।
पहिलो जनआन्दोलन र ६२÷६३ को जनआन्दोलनमा सेनाले सुझबुझ देखाएको स्मरण गरेका उनले अहिले पनि संकटकाल लगाउने र सेना लगाउने हल्ला चलिरहेको वताए ।
–फाईल तस्विर