News राजनीति

कसैको मन्त्रणामा देशविरुद्ध तानाबाना बुन्ने काम गरे राजनीतिक शक्ति संघर्षले कष्टकर बाटो समाउँछ : बास्कोटा

कसैको मन्त्रणामा देशविरुद्ध तानाबाना बुन्ने काम गरे राजनीतिक शक्ति संघर्षले कष्टकर बाटो समाउँछ : बास्कोटा

पूर्व सञ्चारमन्त्री एवम् नेकपा केन्द्रीय सदस्य गोकुल बास्कोटाले पत्नीको उपचारका लागि भारत गएका पुस्पकमल दाहाल ‘प्रचण्ड’ देश विरुद्ध तानावाना वुनेर स्वदेश फर्किए राजनीतिक संघर्ष अझै कस्टकर हुने वताएका छन् ।

विहिवार सामाजिक सञ्जाल फेसवुकमा स्ट्याटर लेख्दै उनले प्रचण्ड कसैको आमन्त्रणमा भारत गएको आशंका गर्दै त्यसले राजनीतिमा थप समस्या उत्पन्न गर्ने वताएका हुन् ।

‘पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहालको उपचार सफल होस्, शुभकामना ! तर कसैको मन्त्रणामा देशविरुद्ध तानाबाना बुन्ने काम गरेर दाहाल फर्के भने राजनीतिक शक्ति संघर्षले कष्टकर बाटो समाउने निश्चित छ’  उनले लेखेका छन् ।

ओलीपक्षीय नेता बाँस्कोटाको यो स्ट्याटसले प्रचण्डले राजनीतिक भेटघाट गर्न सक्ने स्पष्ट पारेको छ । तर, प्रचण्ड निकट श्रोतले भने उनको राजनीतिक भ्रमणको कार्यक्रम नरहेको जनाएको छ । 
 

विशेष